जेन–जी प्रदर्शनको क्रममा उद्योग व्यवसायमा भएको क्षतिबाट साढे १५ हजार रोजगारी प्रभावित – Nepalboli

जेन–जी प्रदर्शनको क्रममा उद्योग व्यवसायमा भएको क्षतिबाट साढे १५ हजार रोजगारी प्रभावित

   २०८२ आश्विन १, बुधबार  

उद्योग व्यवसायमा ३६ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

गत भदौ २३ गते सुरु भएको जेन–जी प्रदर्शन र २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ । क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको सीएनआईले जनाएको छ ।

मुलुकभर सञ्चालनमा रहेका ती उद्योग व्यवसायमा क्षति पुग्दा करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान छ । परिसंघअन्तर्गत केन्द्रमा ३ सय ५० साना तथा मझौला उद्यमी सदस्य रहेका छन् भने मुलुकभर करिब ७ हजार सदस्य छन् ।

प्रर्दशनको क्रममा धेरै रोजगारी प्रदान गरिरहेका होटेल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केवलकार, मौलाकालीका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या मात्र हो ।

आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय, व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्ने सिधा अनुमान गर्न सकिन्छ । यद्यपि उल्लिखित व्यावसायिक घरानाहरूमा आफ्नो व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन् । यसकारण यहाँ उनीहरूको रोजगारी गुम्नुभन्दा पनि केही समयका लागि प्रभावित हुने रूपमा विश्लेषण गरिएको छ ।

मुलुकभर रहेका २८ भाटभटेनी सुपरमार्केटमा करिब १० हजार कर्मचारी कार्यरत थिए । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ वटामा अहिले क्षति पुगेका सुपरमार्केट तोडफोड मात्र भएको थियो । ती सपरमार्केट सञ्चालनमा आइसकेका छन् । बाँकी १२ वटा सुपरमार्केटमा पूर्ण रुपमा ध्वस्त भएका छन् । ती हाल सञ्चालनमा छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै