मधेशमा देखिएको खडेरी र जलसंकट वारे भारतीय प्राविधिक विज्ञहरूको स्थलगत अध्यन – Nepalboli

मधेशमा देखिएको खडेरी र जलसंकट वारे भारतीय प्राविधिक विज्ञहरूको स्थलगत अध्यन

   २०८२ श्रावण २९, बिहीबार  

भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले मधेशमा देखिएको जलसंकट तथा खडेरी वारेमा स्थलगत अध्यान गरेका छन । नेपाल सरकार संग सम्नव्य गरेर काठमाडौ आएका विज्ञ टोली संघिय खानेपानी मन्त्री सहित मन्त्रालयको अधिकारीहरु संग गएको सोमवार पहिला छलफल गरेका छन । छलफलको क्रममा नेपालको तराई मधेशमा देखिएको खानेपानीको समस्या वारेमा विस्तृत छलफल भएको थियो । काठमाडौमा खानेपानी मन्त्री सहित मन्त्रालयका अधिकारीहरु संग छलफल गरेर टोली मधेश प्रदेशको राजधानी पुुगेका थिए । जनकपुर पुुगे पछि टोली पहिला प्रदेश सरकारका सम्बन्धीत अधिकारीहरु संग यसवारेमा छलफल गरेका थिए ।

त्यस पछि भारतीय विज्ञटोली धनुुषा, महोत्तरी, सिरहा र सप्तरीको स्थगलगत अध्यन गर्दै पछिल्लो समयमा देखिएको खानेपानी समस्या वारेमा विस्तृत अध्यान गरेका छन ।

टोली आज बिहान मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग समेत भेट गरेका छन्। भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छ।

भारतीय विज्ञटोलीमा त्याहाका जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रशान्त राय सहभागी छन। मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन र भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै