लुम्बिनी प्रदेशको घट्नाप्रति देउवा, प्रचण्ड र उपेन्द्र यादवद्धारा विरोध – Nepalboli

लुम्बिनी प्रदेशको घट्नाप्रति देउवा, प्रचण्ड र उपेन्द्र यादवद्धारा विरोध

   २० बैशाख २०७८, सोमबार  

लुम्बिनी प्रदेशमा आइतवार भएको राजनितीक घटनाक्रम प्रति नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा नेपालका नेता उपेन्द्र यादवले विरोध जनाएका छन । उनीहरुले विज्ञप्ती निकालेर लोकतान्त्रिक मुुल्य मान्यता विपरित सताको दुुरुपयोग गर्दै राजनितिक घटनाक्रम विकास भएको दुुख समेत व्यक्त गरेका छन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोख्रेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको नेताहरुले बताएका छन ।

४२ प्रदेशसभा सदस्यहरुको बहुमत हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष सपथ ग्रहण रोकी नियुक्ति बदरको निम्ति भइरहेको सङ्घर्षप्रति पनि ध्यानाकर्षण भएको नेताहरुले उल्लेख गरेका छन ।

प्रदेशसभाका सदस्यहरुले यही वैशाख ६ गते प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी विशेष अधिवेशनको माग गरेको र आइतबारदेखि विशेष अधिवेशन राखिएको थियो ।

आइतवार विहान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । आफुुसंग कहुमत रहेको दावी गरे पछि प्रदेशप्रमुखले पोखरेलले आक्ष्तवार नै पुन मुख्यमन्त्रीमा नियुक्त गर्दै सपथ गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै