‘अपरेसन सिन्दुर’ जारी, आतंकवादविरुद्धको लडाईमा कसैको मध्यस्थता आवश्यकता छैन- भारत
भारतले आफनो देशले आतंकवाद विरुद्ध सुुरु गरेको अपरेसन सिन्दुर अभियान जारी रहेको रहेको र यसले सिमाक्षेत्रको सबै आतंकवादलाई समाप्त पार्ने दावी गरेका छन । वुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई गरेको फोन संवादमा मोदीले उक्त कुरा भनेको भारतीय विदेश सचिव विक्रम मिश्रिले जनाएका छन । ट्रम्प र मोदी विच भएको ३५ मिनेट लामो टेलिफोन संवाद पछि मिश्रीले पत्रकारहरु कुरा गर्दै
पछिल्लो समय पहलगाममा भएको आतंकी हमलापछि भारतले सुरु गरेको ‘अपरेसन सिन्धूर’ जारी रहेको र पाकिस्तानको आग्रहमा भारतले युद्धविराम गरेको समेत बताएक छन । उनले भारतले सुुरु गरेको आतंकवाद विरुद्धको लडाईको वारो आज पनि आफनो प्रधानमन्त्री मोलीले ट्रम्पलाई जानकारी गराएको र त्यसमा ट्रम्पले सहमती जनाएको पनि बताए ।
मिश्रीले पछिल्लो सन्दर्भमा आज भएको दुुई नेताको संवाद दक्षिण एसियाली सुरक्षा परिवेशका लागि गम्भीर सन्देश बोकेको समेत बताए ।
विदेश सचिव मिश्रिले भने, “पहलगाम आतंकी आक्रमणपछिको पीडामा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई शोक सन्देशसहित भारतप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। त्यसपछि आज भएको यो विस्तृत संवादले दुवै देशबीचको रणनीतिक सहकार्यलाई थप मजबुत बनाएको छ।”
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई ‘अपरेसन सिन्धूर’का उद्देश्य र उपलब्धिबारे खुलस्त धारणा राखेको बताइएको छ। “२२ अप्रिलपछिको परिप्रेक्ष्यमा भारतले आतंकवाद विरुद्ध दृढ संकल्प सार्वजनिकरूपमा विश्वसामु प्रकट गरेको छ,” मिश्रिले प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै बताए। प्रधानमन्त्री मोदीले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरका आतंकी आधारशिविरमाथि भारतले ६ मेको रातमा लक्ष्यित, सटीक तथा संयमित कारवाही गरेको स्पष्ट पार्नुभएको थियो।
विदेश सचिव मिश्रिले राष्ट्रपति ट्रम्पले भारतको नीति र मोदीको तर्कलाई बुझी आतंकवाद विरुद्धको लडाइँमा भारतलाई साथ दिने प्रतिबद्धता दोहोर्याएको बताए। प्रधानमन्त्री मोदीले आतंकवादलाई अब केवल ‘प्रोक्सी वार’ नभएर ‘युद्ध’कै रूपमा लिने स्पष्ट धारणा राख्दै ‘अपरेसन सिन्धूर’ अझै जारी रहेको बताए। भारतीय सेनाले आतंकी समूहहरूको संरचनामाथि निरन्तर प्रहार गरिरहेको मिश्रिले जानकारी दिए।
आजको मोदी ट्रम्प विचको संवादमा विश्व राजनीतिको अर्को संवेदनशील विषय इजरायल–ईरान द्वन्द्व पनि समेटिएको थियो। दुवै नेताले सीधा संवादमार्फत क्षेत्रीय शान्तिको प्रयास आवश्यक रहेकोमा सहमति जनाए। राष्ट्रपति ट्रम्पले क्यानाडाबाट फर्किने क्रममा अमेरिकामा केही समय रोक्न सक्ने इच्छा व्यक्त गरेका थिए, तर पूर्वनिर्धारित कार्यतालिका व्यस्त रहेकाले प्रधानमन्त्री मोदीले असमर्थता जनाए। साथै, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निमन्त्रणा दिए, जसलाई ट्रम्पले स्वीकार्दै छिट्टै भारत आउने उत्सुकता व्यक्त गरेका छन्।
साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पाकिस्तानको मामलामा भारतले कहिल्यै मध्यस्थता स्वीकार नगर्ने पनि बताएका छन्। भारतले जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणको जबाफ पाकिस्तानमाथि आक्रमण गरेपछि गत महिना दुई देशबीच चार दिन युद्ध भएको थियो।
भारतीय प्रधानमन्त्री तथा अमेरिकी राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताबारे भारतीय विदेश सचिवको वक्तव्य
जुन १८,२०२५
प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच जी–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम थियो । तर राष्ट्रपति ट्रम्प चाँडै अमेरिका फर्कनुपरेको कारणले गर्दा यो भेटघाट हुन सकेन । त्यसपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा दुवै नेताहरुले आज टेलिफोनमा कुराकानी गर्नुभयो । कुराकानी लगभग ३५ मिनेटसम्म चल्यो ।
अप्रिल २२ मा पहलगाममा भएको आतंकवादी हमलापछि राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर समवेदना व्यक्त गर्नुभएको थियो । साथै वहाँले आतंकवाद विरुद्धको लडाइमा आफ्नो समर्थन रहेको पनि व्यक्त गर्नुभएको थियो । त्यसयता दुई नेताबीच भएको यो पहिलो कुराकानी थियो ।
तसर्थ प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दूरको बारेमा विस्तृत रुपमा कुरा गर्नुभयो ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अप्रिल २२ पछि भारतले आतंकवाद विरुद्घ कारबाही गर्ने आफ्नो दृढ संकल्पबारे पुरै विश्वलाई जानकारी दिएको भनेर स्पष्ट शब्दमा बताउनुभयो । प्रधानमन्त्री मोदीले मे ६–७ को रातमा भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकवादी शिविर र उनीहरु लुक्ने ठाउँहरुलाई मात्र निशाना बनाएको बताउनुभयो । भारतको प्रतिक्रिया सन्तुलित, सटीक र गैर–उत्तेजक थियो । भारतले पाकिस्तानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिक्रिया दिइने भनेर समेत स्पष्ट पारेको थियो ।
उपराष्ट्रपति भान्सले मे ९ को रातमा प्रधानमन्त्री मोदीलाई फोन गर्नुभएको थियो । उपराष्ट्रपति भान्सले पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्न सक्ने जानकारी गराउनुभएको थियो । यस्तो कारबाही भएको खण्डमा भारतले त्यसको थप कडा जवाफ दिने कुरा प्रधानमन्त्री मोदीले वहाँलाई स्पष्ट शब्दमा भन्नुभयो ।
मे ९–१० को रातमा भारतले पाकिस्तानी सेनालाई उल्लेखनीय क्षति पुर्याई पाकिस्तानको आक्रमणको कडा र निर्णायक जवाफ दियो । उनीहरुका सैन्य हवाई अड्डाहरु निष्क्रिय पारिए । भारतको कडा कारबाहीका कारण पाकिस्तान सैन्य कारबाही रोक्न अनुरोध गर्न बाध्य भयो ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई यस सम्पूर्ण घटनाक्रमको कुनै पनि बिन्दुमा भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबीच अमेरिकाले मध्यस्थता गर्ने कुनै प्रस्तावबारे कुनै पनि स्तरमा छलफल नभएको स्पष्ट रुपमा बताउनुभयो । सैन्य कारबाही रोक्ने छलफल भारत र पाकिस्तानका दुई सशस्त्र बलहरुबीचको विद्यमान सञ्चार माध्यमबाट प्रत्यक्ष रुपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा सुरु गरिएको थियो । प्रधानमन्त्री मोदीले भारतले मध्यस्थता नस्वीकार्ने र कहिल्यै पनि स्वीकार नगर्ने भन्दै दृढतापूर्वक बताउनुभयो । यस विषयमा भारतमा पूर्ण राजनीतिक सहमति छ ।
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्रीले व्यक्त गर्नुभएका बुँदाहरुलाई ध्यानपूर्वक सुन्नुभयो र आतंकवादविरुद्ध भारतको लडाइमा आफ्नो समर्थन व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले भारतले अब आतंकवादलाई परोक्ष युद्धको रुपमा नभई युद्धको रुपमा नै हेर्ने र भारतको अपरेशन सिन्दूर अझै जारी रहेको कुरा पनि बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई क्यानडाबाट फर्कने क्रममा अमेरिका आउन सक्नुहुन्छ कि भनेर सोध्नुभयो । पहिले गरिएका प्रतिबद्घताका कारण प्रधानमन्त्री मोदीले त्यसो गर्न असमर्थ भएको कुरा व्यक्त गर्नुभयो । दुवै नेताहरुले निकट भविष्यमा भेट्ने प्रयास गर्ने सहमति जनाउनुभयो ।
राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले इजरायल र इरानबीच चलिरहेको द्वन्द्वबारे पनि छलफल गर्नुभयो । दुवै नेताहरुले रुस–युक्रेन द्वन्द्वमा शान्तिका लागि दुई पक्षबीच प्रत्यक्ष वार्ता आवश्यक रहेको र यसलाई सहज बनाउन निरन्तर प्रयास गरिनुपर्ने कुरामा सहमति जनाउनुभयो ।
हिन्द–प्रशान्त क्षेत्रका सम्बन्धमा दुवै नेताहरुले आ–आफ्ना दृष्टिकोण साझा गर्नुका साथै यस क्षेत्रमा क्वाड (QUAD) को महत्वपूर्ण भूमिकाप्रति आफ्नो समर्थन व्यक्त गर्नुभयो । प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अर्को क्वाड शिखर सम्मेलनका लागि भारत भ्रमणको निमन्त्रणा दिनुभयो । राष्ट्रपति ट्रम्पले उक्त निमन्त्रणा स्वीकार गर्दै आफू भारत भ्रमणका लागि उत्सुक रहेको बताउनुभयो ।
कानानस्किस
जुन १७, २०२५