तातोपानी नाका पूरै सञ्चालन नभएको भन्दै चिनियाँ राजदूत समकक्ष उद्योग वाणिज्य महासंघको आपत्ति

तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालनका लागि चीन सरकारमार्फत नै पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले चिनियाँ राजदूत छन सोङसमक्ष आग्रह गरेको छ । चीनले पछिल्लो समयमा तातोपानी नाकामा संचालनमा आएको घोषणा गरे पनि उक्त नाकावाट चीनले समान आवात जावतमा पहिला झै रोक लगाउने गरेको छ ।
नेपालमा चर्को आलोचना हुन थाले पछि गएको बैशाखमा चीनले उक्त नाकामा अव उपरान्त कुनै अवरोध नगर्ने घोषणा गरेका थिए । तर उक्त घोषणा कार्यन्वयनमा नआएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले नेपालका लागि चिनियाँ राजदूत सोङसँग मंगलबार भेटेर औपचारिकरुपमा असन्तुष्टि जनाएका छन ।
भेटवार्तामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीनले गएको बैशाखमा गरेको घोषणा अनुसार तातोपानी नाका पुर्णरुपमा संचालन हुनु पर्ने माग नेपाली व्यापनरीहरुको तर्फवाट चिनियाँ राजदूत समकक्ष राखेका छन ।
नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा विदेशी लगानीको सम्भावना रहेकोतर्फ पनि अध्यक्ष ढकालले राजदूत सोङको ध्यानाकर्षण गराएका थिए ।