प्रधानमन्त्रीले बोलाए आज ४ वजे मन्त्रिपरिषद बैठक – Nepalboli

प्रधानमन्त्रीले बोलाए आज ४ वजे मन्त्रिपरिषद बैठक

   १९ बैशाख २०७८, आईतवार  

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको सूचना मन्त्रीलाइ पठाइएको छ ।

बैठकका एजेण्डा भने खुलाइएको छैन । मन्त्रीपरिषदको नियमित बैठक सोमवार र विहिवार गर्ने प्रचलन रह्दै आएको छ । तर कोराना संक्रमण देशैभर तीव्ररुपमा फैलिरह्दा आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्नेछ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै