काँग्रेस नेता शंकर भण्डारी सपरिवार कोरोना संक्रमणको चपेटमा – Nepalboli

काँग्रेस नेता शंकर भण्डारी सपरिवार कोरोना संक्रमणको चपेटमा

   २०७८ बैशाख १९, आईतवार  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। तीन दिनदेखि अस्वस्थ रहनुभएका नेता भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो।

तरूण विभागको नेतृत्वमा समेत रहनुभएका नेता भण्डारीलाई सामान्य लक्षण देखिएको छ । उनी अहिले होम आइसोलेसनमा रहेका छन् । नेता भण्डारीसहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै