गत आर्थिक बर्षमा रक्षा मन्त्रालयको खर्च ९९ प्रतिशत हुदा अर्थको ३५ प्रतिशत मात्र – Nepalboli

गत आर्थिक बर्षमा रक्षा मन्त्रालयको खर्च ९९ प्रतिशत हुदा अर्थको ३५ प्रतिशत मात्र

   १० श्रावण २०८०, बुधबार  

हालै सम्पन्न आर्थिक वर्ष २०७९/८० मा केहि मन्त्रालयले विनियोजित बजेटको थोरै मात्र खर्च गरेका छन् भने केही मन्त्रालयको खर्च शतप्रतिशत हाराहारीमा पुगेको देखिएको छ ।

रक्षा मन्त्रालयको खर्च विनियोजित बजेटमध्ये सबैभन्दा बढी भएको देखिएको छ । यो मन्त्रालयले कुल विनियोजित बजेटको ९९ प्रतिशत खर्च गरेको छ । यस मन्त्रालयका लागि कुल विनियोजित ६१ अर्ब ८३ करोड ५१ लाख बढी बजेटमा ६१ अर्ब २ करोड ६७ लाख बढी खर्च भएको देखिएको छ ।

सबैभन्दा कम बजेट खर्च गर्ने मन्त्रालयमा अर्थ र सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालय छन् । यी मन्त्रालयले कुल विनियोजित बजेटको ३५ प्रतिशत मात्र खर्च गरेका छन् ।

अर्थ मन्त्रालयको लागि ३५ अर्ब १९ करोड ११ लाख ७९ हजार बजेट विनियोजन गरिएकोमध्ये १२ अर्ब ४८ करोड ५७ लाख ३६ हजार खर्च भएको छ । यस मन्त्रालयको २२ अर्ब ७० करोड ५४ लाख ४२ हजार बजेट फ्रिज भएको छ ।

खर्च सामान्य प्रशासन मन्त्रालयका लागि नौ अर्ब १६ करोड ६ लाख ३९ हजार बजेट विनियोजन गरिएकोमध्ये यस मन्त्रालयले ३ अर्ब २४ करोड १९ लाख ३२ हजार खर्च गरेको छ । यस मन्त्रालयको ५ अर्ब ९१ करोड ८६ लाख ६ हजार बजेट फ्रिज भएको छ ।

यस मन्त्रालयले कुल विनियोजित बजेट ६१ अर्ब ८३ करोड ५१ लाख २८ हजार मध्ये ६१ अर्ब २ करोड ६७ लाख १२ हजार खर्च गरेको छ । बाँकी ८० करोड ८४ लाख १५ हजार बजेट फ्रिज भएको छ ।

मन्त्रालयका लागि विनियोजित गरेको चालु र पुँजीगततर्फको बजेटमा कतिपय विकासे आयोजन सञ्चालन गर्ने मन्त्रालयको खर्च धेरै भएको छैन । केही मन्त्रालयले बढी बजेट पाए पनि खर्च गर्नमा भने कमजोर देखिएका छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विनियोजित बजेटको ३६ प्रतिशत बजेट खर्च भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको खर्च पनि विनियोजित बजेटको ४६ प्रतिशत मात्र छ ।

कानुन न्याय तथा संसदीय मामला मन्त्रालयको खर्च ५३ प्रतिशत छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुल विनियोजित बजेटको ५७ प्रतिशत मात्र खर्च गरेको छ ।

सहरी विकास मन्त्रालयको खर्च ५८ प्रतिशत छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खर्च ६१ प्रतिशत छ । युवा तथा खेलकुद मन्त्रालयले पनि ६३ प्रतिशत बजेट खर्च गरेको छ ।

विकास खर्च गर्ने बलियो मन्त्रालयको रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च पनि त्यति सन्तोषजनक छैन । यस मन्त्रालयको खर्च ६६ प्रतिशत मात्र छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि ७२ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

खानेपानी मन्त्रालयले कुल बजेटको ७४ प्रतिशत बजेट खर्चगर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कुल विनियोजन बजेटको ७५ प्रतिशत खर्च गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले विनियोजित बजेटमध्ये ७७ प्रतिशत खर्च गरेको छ ।

वन तथा वातावरण मन्त्रालयको खर्च पनि विनियोजन बजेटको ७९ प्रतिशत छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समान ८१–८१ प्रतिशत खर्च गरेका छन् ।

यस्तै, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको खर्च ८२ प्रतिशत भएको छ । परराष्ट्र मन्त्रालयले विनियोजित रकमको ८५ प्रतिशत खर्च गरेको छ । गृह मन्त्रालयको विनियोजित बजेटमध्ये ९७ प्रतिशत खर्च भएको छ ।

गएको आर्थिक बर्षमा कुन मन्त्रालयले गरे कति खर्च-

रक्षा मन्त्रालय- ९९
गृह मन्त्रालय – ९७
परराष्ट्र मन्त्रालय- ८५
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय- ८२
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय -८१
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय -८१
वन तथा वातावरण मन्त्रालय – ७९
भूमि व्यवस्था तथा सहकारी मन्त्रालय -७७
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय -७५
खानेपानी मन्त्रालय – ७४
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – ७२
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – ६६
युवा तथा खेलकुद मन्त्रालय – ६३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – ६१
सहरी विकास मन्त्रालय – ५८
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय -५७
कानुन न्याय तथा संसदीय मामला मन्त्रालय – ५३
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय – ४६
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय – ३६
अर्थ – ३५
संघिय मामिला – ३५

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै