राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी आयोजना उद्धघाटन – Nepalboli

राष्ट्रपतिद्धारा मेलम्ची खानेपानी आयोजना उद्धघाटन

   २०७७ चैत्र २०, शुक्रबार  

राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरेको धारा खोलेर राष्ट्रपति भण्डारीले उक्त आयोजना उद्घाटन गरेकी हुन् ।

भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ। सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ।

०४६ पछिको तात्तकालिन नेपाली काग्रेसको सरकारले मेलम्चीको पानी काठमाडौ ल्याउने योजजा अघि सारेका थिए । त्यस लामो समय सम्म काठमाडौ वासीले प्रतिरक्षा गरिरहेको मेलम्ची खानेपानी अन्त्ह यो हप्ता काठमाडौको धाराहरुमा आउन थालेका छन । यसले काठमाडौमा लामो समय देखि अभाव झेलीरहेका आम नागरिकको खानेपानी समस्या हल गर्ने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै