वातावरण मन्त्रालय हराएको सूचना भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा – Nepalboli

वातावरण मन्त्रालय हराएको सूचना भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने प्रहरी नियन्त्रणमा

   २० चैत्र २०७७, शुक्रबार  

वातावरण मन्त्रालय हराएको सूचना भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो सिंहदरबारअगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

देशमा डढेलो र वायु प्रदर्शनले जनस्वास्थ्य संकटमा परेको तर सरकार अझै पनि मौन रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए । उनीहरूले जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने माग राखेका थिए ।

प्रदर्शन गर्न निस्किएकाहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै