भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुई विद्यालयको निर्माण कार्य सुरु

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेमा दुुई विद्याँलयमो निर्माण कार्य सुर गरिएको छ । नेपाली रकम २ करोड ८४ लाखको सहयोगमा श्री हरिसिद्घि माध्यमिक विद्यालय र ३ करोड ९६ लाखको सहयोगमा श्री सिद्घेश्वर माध्यमिक विद्यालयको निर्माण हुन लागेको छ ।
निर्माण हुन लागेको दुवै विद्याँलय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप बन्न लागेको छ । विद्याँलय निर्माण कार्य प्रारम्भ गर्न शुक्रवार दुवै विद्याँलयको शिल्यानास गरिएको छ । शिल्यानास कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव श्रीमती सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थिति थियो ।
२०७२ सालको भूकम्प पछि नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण का लागी भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । यस भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकिएको छ ।
स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २०० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता पनि गरिसकेको छ । ५०,००० घरहरुमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७,००० घरहरु निर्माण भइसकेका छन् र बाँकी घरका निर्माण कार्य अघि बढिरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सम्बन्धित नगरपालिकाका अधिकारीहरुले लाभग्राहीहरुलाई वर्षायाम आउनु अघि नै निर्माण कार्य सम्पन्न गरिसक्न आग्रह गरेका छन् ।
भारतको आर्थिक सहयोगमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ । यी दुवै क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको छ । पुनर्निर्माण परियोजना यथासक्य चाँडै सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा दूतावास एक आपससँग सहकार्य गर्दै काम गरिरहेको काठमाडौ स्थित भारतीय दुतावासले जनाएको छ ।