अस्ट्रेलिया पठाइदिन्छुु भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
नेपाल बोली
२० चैत्र २०७७, शुक्रबार
अस्ट्रेलिया पठाइदिनेु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ का २३ वर्षीय अमित भुजेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई बिहीबार पक्राउ गरेको हो ।
भुजेलले सर्ट-टर्म भिसामा दुईरदुई वर्षको काममा लगाइदिने बताएका थिए। त्यसको लागि उनले एक सय ५ दिनमै प्रक्रिया पूरा गरिदिने बताएका थिए।
त्यसबापत उनले प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भन्दै २ जनाबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए।
सोही जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै