पेप्सीकोलामा कार दुर्घटना हुँदा एकको मृत्यु

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पौने ६ बजे जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको कार अनियन्त्रित भई रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बा १० च २८६४ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटना हुँदा मृत्यु हुने काठमाडौंको तीनकुने बस्ने २० वर्षीय दितम गुभाजु छन्।
उनलाई ट्रमा सेन्टरमा लगिएको थियो। चिकित्सकले बिहान ७.१७ बजे मृत घोषणा गरेको महाशाखाले जनाएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।