सम्पर्कविहीन हेलिकप्टर सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना, पाँचैजना यात्रु मेक्सिकन
नेपाल बोली
२६ असार २०८०, मंगलवार
काठमाडौका लागी सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले बताएका छन ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।
हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै