मत विभाजनबाट वजेट पारित – पक्षमा १४७, विपक्षमा १०८ मत – Nepalboli

मत विभाजनबाट वजेट पारित – पक्षमा १४७, विपक्षमा १०८ मत

   १३ असार २०८०, बुधबार  

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत जेठ १५ गते सार्वजनिक भएको वजेटमत विभाजनमार्फत पारित भएको छ । बजेटमा समावेश ४ विधेयकमध्ये विनियोजन विधेयक प्रतिनिधिसभाको बुधबारको बैठकमा मतविभाजनबाट पारित भएको हो।

बजेट पारित गर्नका लागि संसदमा पहिलो पटक मतदान भएको हो। मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत परेको हो।

नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरुले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयकमा मत विभाजन हुँदा बहुमतले पारित भएको हो।

बजेटमा ४ वटा विधेयक हुन्छन्। जसमा विनियोजन विधयेक, आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको विनियोजन विधेयकलाई एमालेले मतविभाजनमा लैजान माग गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै