भारतीय दुतावासद्धारा अन्तक्रिया कार्यक्रम आयोजना – Nepalboli

भारतीय दुतावासद्धारा अन्तक्रिया कार्यक्रम आयोजना

   १६ चैत्र २०७७, सोमबार  

काठमाडौ स्थित भारतीय दुतावासले आइतवार भारतको ७५ औँ स्वतन्त्रता वार्षिकोत्सवको अवसरमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरेका छन ।

(India-Nepal Alumni Network)’ को सम्पर्कको रुपमा आयोजित कार्यक्रममा मुख्य वक्ताका रुपमा सोनाम वाङचुक र कनकमणि दीक्षित थिए । आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक एक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित छन ।

त्यसैगरि कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन ।
उक्त संवाद कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिनुका साथै भारत आफ्नो स्वतन्त्रताको ७५ औँ वर्षमा प्रवेश गरेको परिप्रेक्ष्यमा वाङचुकको अनुभवबाट सिक्नुपर्ने पाठ का बारे पनि चर्चा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै