काठमाडौंको मौसम अझै ३ दिनसम्म नखुल्ने
नेपाल बोली
१६ चैत्र २०७७, सोमबार
काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्म तुवालो रहने भएको छ । सोमबार जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ ।
विभागले त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने जनाएको छ ।
यस्तै विभागले तुँवालोका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै