काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन – Nepalboli

काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

   १३ चैत्र २०७७, शुक्रबार  

काँग्रेस नेता नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ । पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे ।

जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।

फागुन १४ गते मष्तिष्कघात भएको थियो । सोही दिन राति जोशीलाई वीर अस्पताल भर्ना गरिए पनि राति नै नर्भिक अस्पताल रिफर गरिएको थियो । नर्भिकले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै