जसपा वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्रमा ६ योजनाको शिल्यानाश
धनुुषा निर्वाचन क्षेत्र नम्बर तीनको प्रतिनिधीसभा सासद तथा जपाका वरिष्ठ नेता राजेन्द्र महतोको निर्वाचन क्षेत्रमा आज छ वटा योजनाको शिलान्यास गरिएको छ । महतोको निर्वाचन क्षेत्र धनुषाको नि क्षेत्र नं ३ मा प्रदेश सरकारद्वारा बिनियोजित रकमबाट बीस लाखको लागतमा नगराईन नपा ८ अकौरामा सामुदायिक भवन,धनौजि गपा १ लखौरीमा बीस लाखको लागतमा भगवान लक्ष्मीनारायण मन्दिर,नगराईन नपा ७ बिरतामा बीस लाखको लागतमा भुइया बाबा मन्दिर,धनौजि गपा ४ भररियामा सामुदायिक भवन, नगराईन नपा ४ फुलगामामा बर्थिग सेन्टर र मुखियापट्टी मुसरनिया गपा ३ तुलसियाहीमा चालिस लाखको लागतमा कभर्ड हलको गरि एकै दिनमा छ वटा सिलान्यास गरिएको छ ।
सिलान्यास जसपा नेपालका केन्द्रीय सदस्यहरु राजिव झा, राजु चौधरी, मनोज चौधरी, ममता चौधरी, वरिष्ठ अधिवक्ता श्याम मिश्रा, वरिष्ठ चिकित्सक डा अजय मिश्रा र जसपा नेपाल धनुषाका युवा नेता जिवेन्द्र झा द्वारा सामुहिक गरिएको थियो ।
उक्त सिलान्यास कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश नं २ का सभामुखको राजनीतिक सल्लाहकार अनिल महासेठ र प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष बिन्द किशोर साह, मंचका जिल्ला अध्यक्ष संजिव झा लगायत विभिन्न नेतारकार्याकर्ताको उपस्थिति थियो ।