सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो जरिवाना – Nepalboli

सडक-पेटीमा निर्माण सामाग्री राख्नेलाई महानगरले तिरायो जरिवाना

   २०८१ माघ १५, मंगलवार  

काठमाडौँ महानगरपालिकाले सडक पेटीमा निर्माण सामाग्री राखेर पैदल यात्रुलाई अवरोध गर्ने एक जनालाई आर्थिक कारबाही गरेको छ । महानगरपालिकाले वडा नम्बर ५ का केशव श्रेष्ठलाई सडक-पेटी अतिक्रमण गरेर निर्माण सामग्री राखेबापत आर्थिक जरिवाना गरेको हो ।

श्रेष्ठलाई १५ हजार जरिवाना तिराइएको महानगर प्रहरी बलले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै