बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन माघ १८ गतेदेखि – Nepalboli

बागमती प्रदेश सभाको पन्ध्रौँ अधिवेशन माघ १८ गतेदेखि

   २०८१ माघ ११, शुक्रबार  

बागमती प्रदेशको प्रदेश सभाको पन्ध्रौ अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश सरकारको शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष पन्ध्रौँ अधिवेशन यही माघ १८ गते गर्न प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभाको पन्धौँ अधिवेशन माघ १८ गतेबाट सुरु गर्ने गरी आह्वान गर्न मन्त्री परिषद् बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हिउँदे अधिवेशनका रुपमा प्रदेश सभाको पन्धौ अधिवेशन माघ १८ गते बिहान ११ बजेबाट बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय भएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै