भारत उत्तरप्रदेशको प्रयागराजमा सुरु भयो कुम्भ मेला – Nepalboli

भारत उत्तरप्रदेशको प्रयागराजमा सुरु भयो कुम्भ मेला

   २०८१ पुष २९, सोमबार  

भारतको उत्तर प्रदेश प्रदेशमा पर्ने प्रयागराजमा आज (सोमबार) कुम्भ मेला सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो कुम्भ मेला महाशिवरात्रिका दिन फेब्रुअरी २६ मा समापन हुनेछ।

कुम्भ मेलाका डीआईजी वैभव कृष्णले आस्थाको यस संगममा अहिलेसम्म करिब ५० लाख मानिसले डुबुल्की लगाइसकेको बताएका छन्।

उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ। कुम्भ मेलालाई हिन्दुधर्मको सबै भन्दा ठुलो मेला पनि भनिन्छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै