संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास – Nepalboli

संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास

   २०८१ पुष २७, शनिबार  

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयको संसद्को अधिवेशन चाडै आह्वान हुने विश्वास व्यक्त गरेका छन् । ३०३ औँ पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको चियापन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।

संघीय संसद्को अधिवेशन बस्ने समय भइसकेको भन्दै चाडै अधिवेशन आह्वान हुने उनको भनाई थियो । सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको अध्यादेश बाहिर आइ नसकेकाले जानकारी नभएको उनले बताए ।

त्यस्तै घिमिरेले पृथ्वी नारायण शाहले एकीकरण गरेकाले नेपाल अस्तित्वमा रहेको भन्दै नेपाललाई थप एकताबद्ध बनाएर प्रगतितर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै