संविधान संशोधन ०८७ मा हुन्छ – प्रधानमन्त्री ओली
पछिल्लो समयमा राजनितिक वृतमा सबैले चासोपुर्वक हेरिररहेको संबिधान संशोधन वारेमा प्रधानमन्त्री केपी ओलीले नयां तथ्य सार्वजनिक गरेका छन । उनले प्रधानमन्त्री २०८७ सालमा मात्रै गएर संविधान संशोधन हुने बताएका छन् । उनको भनाईको आधारमा अवको ६बर्ष पछि मात्रै संबिधान संशोधन हुनेछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताएका हुन् ।
‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भनेका थिए ।
प्रधानमन्त्री ओलीले ८७ सालमा संविधान संशोधन भनेपछि केही नेताले त्यसलाई सच्याउने गरी ‘८३ साल होला’ भनेका थिए । तर प्रधानमन्त्री ओलीले दोहोर्याएरै भने, ‘मैले ०८७ सालमै भनेको ।’
बैठकमा सहभागी एक नेताका अनुसार संसदको समीकरणका कारण संविधान संशोधन ०८७ सालमा हुने प्रधानमन्त्री ओलीको अनुमान थियो ।
‘हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौँ । तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन त गर्ने नै हो । तर ०८७ मा ।’