जसपा नेपालको स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखमा सुरेश मण्डल चयन
जनता समाजवादी पार्टी नेपालको स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखमा केन्द्रीय सचिव सुरेश मण्डल चयन भएका छन्। जसपा नेपालको स्कुल तथा प्रशिक्षण बिभागको बैठकबाट उनी स्कुल तथा प्रशिक्षण बिभागको प्रमुखमा चयन भएका हुन्। ०७४ सालको निर्वाचनमा उनी सिरहाबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए। उनीले मधेस प्रदेश सरकारमा राज्यमन्त्रीको भूमिकासमेत निर्वाह गरिसकेका छन्।
उक्त बिभागको बैठकबाट स्कुल तथा प्रशिक्षण बिभागका उपप्रमुखमा अम्बिका काफ्ले र सचिवमा चन्देश्वर सदालाई सर्वसहमतिले चयन गरेको हो।
बैठकमा जसपा नेपालका महासचिव रामकुमार शर्मा, अन्तर्राष्ट्रिय बिभागका प्रमुख अर्जुन थापा, पिछडावर्ग (ओबिसी) महासंघ, नेपालका केन्द्रिय अध्यक्ष भरतप्रसाद महतो, आर्थिक बिभागका सचिव सिपि सिंहलगायत अन्य अतिथिहरुको विशेष उपस्थितिमा सम्पन्न भएको छ।