भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको म्याग्दीको क्याम्पस भवन हस्तान्तरण – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको म्याग्दीको क्याम्पस भवन हस्तान्तरण

   २०८१ पुष २२, सोमबार  

भारत सरकारको नेपाली २.७९३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको म्याग्दीस्थित म्याग्दी बहुमुखी क्याम्पसको क्याम्पस तथा छात्रावास भवन आज हस्तान्तरण गरिएको छ । नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्माण गरिएको क्याम्पसको क्याम्पस तथा छात्रावास भवन आज जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख श्री राजकुमार थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा क्याम्पस व्यवस्थापन समितिलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्राका लागि छात्रावास भवन तथा अन्य सहयोगी संरचनासहितको क्याम्पस भवनको निर्माणमा गरिएको छ । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, म्याग्दीमार्फत कार्यान्वयन गरिएको थियो ।

राजनीतिक प्रतिनिधि, जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थिए । नवनिर्मित संरचनाले म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधामा पहुँच दिलाउन मद्दत गर्नेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउँनेछ ।

म्याग्दी बहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको हो । यस सामुदायिक क्याम्पसले स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ । क्याम्पसमा करिब ९५० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै