ओलीले बोलाएको बैठकमा झलनाथ र वामदेव पनि सहभागी
नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले बोलाएको बैठकमा आज माधव नेपाल तथा झालनाथ खनाल पक्षका सास.द्यहरु समेत उपस्थित छन । नेपाल आफै बैठकमा नगए पनि उनी पक्षका सासंदहरु सहभागी भएका छन ।
खनालको नेतृत्वमा अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् । केहीबेर अघिमात्रै सुरु भएको बैठकमा माधव नेपाल र भीम रावलबाहेक अरु सांसदहरु सहभागी भएको ओली पक्षका सांसद महेश बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकको सुरुवात गर्दै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतक र राष्ट्रिय सभा दलको नेता चयनबारे जानकारी गराएका छन् ।
त्यस्तै ओलीले संसदीय समितिहरूको संख्या र सभापतिबारे पनि पार्टीको हैसियत अनुसार हेरफेर गर्ने जनाकारी दिएका छन् । यसअघि एमाले र माओवादी मिलेर नेकपा बनेपछि संसदीय समितिहरुमा एमाले र माओवादीका नेताहरुलाई भागबण्डाका आधारमा जिम्मेवारी दिइएको थियो । नेकपाले मान्यता नपाएसँगै माओवादीलाई दिएका समिति सभापतिहरू हेरफेर हुनसक्ने दलका नेता ओलीले जानकारी गराएका हुन । बालुवाटार बैठकमा नेता वामदेव पनि सहभागी भएका छन् ।