काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा – Nepalboli

काठमाडौँ महानगरका पहिलो मेयर पीएल सिंहको शालिक बनाउने बालेनको घोषणा

   २०८१ पुष १४, आईतवार  

काठमाडौँ महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ । महानगरपालिकाको १६ औँ अधिवेशनमा प्रमुख बालेन साहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व सिंहको महत्त्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै