एमालेले बोलायो केन्द्रीय कमिटी बैठक पुसको २१ र २२ गते – Nepalboli

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक पुसको २१ र २२ गते

   २०८१ पुष १०, बुधबार  

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्यूरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै