सशस्त्र सीमा वाहिनी बल जयनगर (भारत) र सर्लाही (नेपाल) बीच पहिलो क्रिकेट खेल सम्पन्न – Nepalboli

सशस्त्र सीमा वाहिनी बल जयनगर (भारत) र सर्लाही (नेपाल) बीच पहिलो क्रिकेट खेल सम्पन्न

   ७ पुष २०८१, आईतवार  

नेपाल र भारतको सिमा क्षेत्रम खटिएका सिमा सुरक्षा वलहरु विच आपसी सम्नवय वढाउने गरि आइतवार भारतको जयनगर र नेपालको सर्लाहीका सिमा सुरक्षामा खटने सुरक्षकर्मीहरु विच क्रिकेट खेल सम्पन्न भएको छ । खेल मधवापुर स्थित राम निरजन महाविद्यालय परिसरमा भएका थिए ।
खेलमा भारतको तर्फवाट ४८ औ वाहिनी, सशस्त्र सीमा बल एसएसबीको टोली सहभागी थिए भने नेपालवाट सर्लाही टोली सहभागी भएका थिए । वीर शिवाजी टि-२० नाम दिइएको क्रिकेट खेलको पहिलो यो श्रृख्लाको उदघाटन हरलाखी विधानसभाका विधायक सुधांशु शेखरले गरेका थिए ।

खेलमा भारतीय टोली टस जीतेर पहिला वलिगं गर्ने निर्णय गरेका थिए । खेल भारतीय टोलीले जितेका थिए ।

खेलको क्रममा टीममा रहेका सुरक्षाकर्मी खेलाडीहरुको आपस्ी परिचय गराइएको थियो । यस्तो कार्यक्रमहरु भविष्यमा थप गर्दै जाने आयोजक भारतीय समुहले जनाएको छ । खेलले दुवै तर्फका सुरक्षाकर्मीहरु विचमा भाईचारा र आपसी भावना मजबूत हुने आयोजकहरुले बताएका छन ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै