एकीकृत समाजवादीको २४ सदस्यीय केन्द्रीय सचिवालय गठन
नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय गठन गरेको छ। मंगलबार सकिएको स्थायी कमिटी बैठकले २४ सदस्यीय सचिवालय बनाउने निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।
सचिावलयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र सचिवहरू रहनेछन्। त्यस्तै बैठकले महासचिवको नेतृत्वमा उपहासचिवहरू रहेको केन्द्रीय कार्यायल समेत गठन गरेको छ।
एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको छ । ज्वालाको संयोजकत्वमा कार्यदल गठन गरेको बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदल सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी ,रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन् ।