अमेरिकी सहायक विदेशमन्त्रीको आलोचना पछि बीआरआई फ्रेमवर्क दस्तावेज सार्वजनिक
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साझ बिआरआई सम्बन्धी भएका सम्झौताहरु गोप्य राखिएको भन्दै असन्तुष्टि जनाए लगत्तै नेपार सरकारले उक्त दस्तावेज सार्वजनिक गरेका छन । मंगलवार परराष्ट्र मन्त्रालयले नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ।
परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा मंगलबार अपराह्न देखि यसको पूर्णपाठ राखेको हो।
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बीआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफूले पढ्न नपाएको, त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेका थिए ।
बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ।











