नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ- सिटौला – Nepalboli

नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्छ- सिटौला

   २०८१ मंसिर ३, सोमबार  

नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वसभामुख स्व। दमननाथ ढुंगानाको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरूले अनुकरण गर्नुपर्ने बताएका छन्।

सोमबार सानो गौचरणमा स्व ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका उनले यस्तो बताएका हुन्। उनले स्व। ढुंगाना सादगी नेता रहेको बताए।

उनले गत वर्ष पार्टी कार्यालयमा विपीको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा कांग्रेसले अँगालेको विचार, सिद्धान्त, नीतिका कार्यक्रममा सच्याउनुपर्ने आवश्यकताबारे उल्लेख गरेको स्मरण गर्दै नेपाली कांग्रेस पार्टी र नेताहरूले आफूले हिँडिरहेको बाटोमा पुनःविचार गर्नुपर्ने बताए।

उनले भने, ‘उहाँ सादगी नेचरको मान्छे हो, उहाँको जीवन चरित्र सार्वजनिक रुपमा आजका राजनीतिक खेलाडीहरुले अनुकरण गर्नुपर्छ। त्यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।’

नेता सिटौलाले नेपाली कांग्रेस राजनीतिमा हठ गर्नेहरुलाई स्व ढुंगानाले कहिल्यै प्रश्रय नदिनुभएको उल्लेख गरे। स्व। ढुंगाना गतिशिल विचार बोकेर हिँड्ने व्यक्ति भएको बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै