राजेन्द्र महतोद्धारा आफनो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता – Nepalboli

राजेन्द्र महतोद्धारा आफनो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता

   २०८१ कार्तिक ९, शुक्रबार  

मधेशका पुरना तथा प्रभावशाली नेता राजेन्द्र महतो आफनो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गराएको छ । शुक्रबार महतोले आफनो अध्यक्षतामा उक्त दल आयोगमा दर्ताका लागी आवेदान सहित १७३ सदस्यीय केन्द्रीय समितिको विस्तृत कागजहरु पेश गरेका छन ।

महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यसमिति १७३ सदस्यीय रहेको छ । पार्टीको अध्यक्षमा राजेन्द्र महतो रहेका छन् भने अरु सबै जना सदस्य रहेका छन् । पार्टीको चुनाव चिन्ह माछा राखिएको छ ।

पछिल्लो समयमा लोकतान्त्रिक समाजवादी पार्टीवाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियान संचालन गर्दै आईरहेका महतो सदभावना पार्टीवाट राजनिती सुुरु गरेका मधेशका अग्रणी नेतामा पर्छन । सदभावना पार्टीको अध्यक्ष रह्दा मधेशी पार्टीको एकिकरण गरेर राजपा हुदै जसपा नेपाल हुदै लोसपा सम्म गठन गरेका महतो पछिल्लो समयमा जनजाती सहित पहाड र मधेशका सबै सिमान्तकृत समुदायहरु एकिकृत गरेर राजनिती गर्नुपर्ने अवधारण अघि सारेका छन ।

महतोले यही अवधारणमा टेकेर राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै