माधव नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले बुुझाए स्पष्टिकरण
पार्टी अध्यक्षलाई नै कारवाही हुनुपर्ने जिकिर
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुुझाएको छ । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
त्यसपछि गत आइतबार महासचिव ईश्वर पोखरेलले उनीहरुलाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण माग गरेका थिए । नेपाल समूहका चारै जना नेताले पत्रको जवाफ छुट्टाछुट्टै बुझाएको छ ।
स्पष्टीकरण पत्र विहिवार बémाउन अघि नेपाल समूहले वुधवार स्थायी कमिटीका नेताहरु संग छलफल गरेका थिए । शुक्रबार नेपाल समूहले उपलब्ध केन्द्रीय सदस्यहरुको छलफल राखेको छ ।
स्पष्टिकरण पत्रमा चारै जना नेताले प्रधानमन्त्री तथा पार्टी ओलीले पार्टीको विधान विपरित काम गरेको भन्दै उल्टै प्रतिप्रश्न गरेका छन । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रश्न गर्दै १० बुँदे स्पष्टीकरणको जवाफ दिएका छन् ।
आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको र उनीमाथि नै कारबाही गर्नुपर्ने नेता नेपालको जिजिर छ ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईले गर्नुभएका गतिविधिहरु नेकपा ९एमाले० को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय सातका विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुनेभई कारबाही गरिनुपर्ने प्रकृतिको देखिन्छ ।’
यसबारे नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा छलफल हुनुपर्ने उनको माग छ ।