आइसिसीको अध्यक्षमा भारतका जय शाह निर्वाचित
नेपाल बोली
१२ भाद्र २०८१, बुधबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत रहेका रहनुभएका शाहले आगामी डिसेम्बर १ तारिख देखि आइसीसीको कार्यभार सम्हाल्नु हुनेछ । आइसिसीका अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेद्वारी नदिने निर्णय गरेपछि अध्यक्षमा शाह एकमात्र उम्मेदवार हुनुहुन्थ्यो ।
अध्यक्षमा चुनिएपछि उहाँले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई थप अगाडि बढाउने बताउनु भएको छ । शाह सन् २०१९ मा बीसीसीआईको सचिव र सन् २०२१ मा एसीसीको अध्यक्ष बन्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै