रेशम चौधरीलाई भेटे जसपा वरिष्ठ नेता राजेन्द्र महतो – Nepalboli

रेशम चौधरीलाई भेटे जसपा वरिष्ठ नेता राजेन्द्र महतो

   ११ चैत्र २०७७, बुधबार  

पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली सहित प्रमुख दलहरुको संगको छलफलमा जसपा नेपालले प्राथमिकताका साथ उठाइरहेको रेशम चौधरीको रिहाईको माग गरिरह्दा उक्त पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले वुधवार चौधरीसंग कारागारमा गएर भेट गरेका छन ।

डिल्लीवजार स्थित कागारमा रहेका चौधरीसंग महतोले वुधवार दिउसो भेटेका हुन । प्रधानमन्त्री संग जसपाको संवादमा चौधरीको रिहाई, मधेह तथा थरुहट आन्दोलनताका मुद्धा फिर्ता र बन्दीहरुको रिहाई वारेमा साकारात्मक गृहकार्य चलीरह्दा जुसपाका वरिष्ठ नेता महतो वुधवार दिउसो चौधरीलई कारागारमै गएर भेट गरेका छन ।

महतोले चौधरीको रिहाई, मुद्धाहरु फिर्ता, अन्य बन्दीहरुको रिहाई र संविधान संशोधनमा प्रमुख दलहरुसंग कार्यन्व्यन तहमा सहमती नभए सम्म सता समिकरणमा नजाने अडान पछिल्लो समयमा राख्दै आएका छन ।

मंगलवार मात्रै प्रधानमन्त्री केपी ओली संगको शिर्ष तहमा छलफल भएको थियो । उक्त छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर र दुवै तिरका कार्यदल सदस्यहरु संगै महतो पनि सहभागी थिए । जसपा र सरकारको तहमा कार्यदल नै बनेर जसपाले उठाउदै आएको चौधरीको रिहाई सहितको अन्य मागहरुको वारेमा गृहकार्य चलीरह्दा महतोले चौधरीलाई भेट गरेका हुन ।
मंगलवारको प्रधानमन्त्रीसंगको छलफल पश्चात दुवै तर्फका कार्यदल सदस्यहरुले संवाद साकारात्मक रुपमा अघि वढेको वताएको थियो ।

चौधरी कैलाली क्षेत्र नम्बर एक वाट तात्कालिन राजपावाट निर्वाचित चौधरी टिकापुर घटनाको मुख्य आरोपित भएर जन्मकैदको सजाय काटिरहेका छन । जसपाले उनले रिहाईका लागी सुरु देखि आवाज उठाउदै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै