बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु- नेपाल प्रहरी – Nepalboli

बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु- नेपाल प्रहरी

   २०८१ असार २४, सोमबार  

गएको २८ जेठ देखि आज विहान सम्म मनुसुनी वर्षाका कारण आएको बाढीपहिरो लगायत विपदमापरी ७० जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिएका छन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै