कारागारका शाखा अधिकृत डेढ लाख घुस रकमसहित नियन्त्रणमा – Nepalboli

कारागारका शाखा अधिकृत डेढ लाख घुस रकमसहित नियन्त्रणमा

   २०८१ असार २३, आईतवार  

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार दत्तले सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीबाट एक लाख रुपियाँ र स्रोत नखुलेको ५० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा कारागार प्रशासकको निवासबाट आइतबार नियन्त्रणमा लिइएको छ । आयोगका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै