प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित भयो- सभामुख घिमिरे – Nepalboli

प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित भयो- सभामुख घिमिरे

   २०८१ असार २२, शनिबार  

सभामुख देवराज घिमिरेले नेपालमा रचनात्मक प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गर्नेमा मात्रै सीमित हुने गरेको बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमुना युवा संसद् २०८१ लाई सम्बोधन गर्दै घिमिरेले रचनात्मक प्रतिपक्षको भूमिका सत्तालाई गाली र नियन्त्रण गरेर चल्ने परिपाटी बढिरहेको बताए ।

उनले तर्कमा आधारित भएर प्रतिपक्ष संसद्मा प्रस्तुत हुने कुरा कम भएको जिकिर गरे । उनले संसद्मा नेपालका संसदीय परम्परा र संस्कार बिर्सिएर विदेशी संस्कार सिक्ने काम भइरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसद्मा बजेट च्यातेको विषयप्रति इङ्गित गर्दै संसदीय मूल्य मान्यताअनुसार गर्नु नहुने तर यत्तिसम्म गर्छु भन्दै बजेट च्यात्ने काम भएकोमा आपत्ति जनाए। संसद्लाई प्रभावकारी बनाउने कुराहरू दलीय हिसाबबाट हुने बताए । उनले राजनीतिक दलहरूले संसद्मा कसरी आफू प्रस्तुत हुन्छन् सोही अनुसार संसद् प्रभावकारी बन्ने बताए ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै