एमाले संसदीय दलको बैठक आइतबार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेबिच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो ।