अशोक राईको जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता – Nepalboli

अशोक राईको जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

   २०८१ असार २१, शुक्रबार  

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी अध्यक्ष एवम संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गर्दै आफ्नो दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराएका हुन्।
साथै जसपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पनि पत्राचार गर्दै आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी गराइसकेको छ।

राई नेतृत्वको जसपाबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदिव यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान रहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै