सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते – Nepalboli

सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० मजदुर घाइते

   २०८१ असार २१, शुक्रबार  

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० मजदुर घाइते भएका छन् । सिन्धुपाल्चोक प्रहरीका अनुसार अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना बेपत्ता रहेको र खोजीसँगै उद्धारको प्रयास भइरहेको छ ।

मजदुरहरूले ढलान गर्दागर्दै भत्किएको हो । उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्‍याइएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माण सुरु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै