यो बर्षको मनसुन सुरु भएयता ५७ जनाको मृत्यु – Nepalboli

यो बर्षको मनसुन सुरु भएयता ५७ जनाको मृत्यु

   २०८१ असार २१, शुक्रबार  

२८ जेठ यता सुुरु भएको मनसुनको क्रममा विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् ।

त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसममा सुधार हुने अवस्था छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै