एमालेद्धारा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता – Nepalboli

एमालेद्धारा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता

   २०८१ असार १९, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि नेकपा एमालेले समर्थन फिर्ता लिएको छ। एमालेले समर्थन फिर्ता लिने निर्णय गरेर औपचारिक रूपमा प्रधानमन्त्रीलाई यसवारेमा जानकारी गराएका छन ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई मार्ग प्रशस्त गर्न आजसम्मको समय दिएका थियौँ। तर हाम्रो आह्वानअनुरुप उहाँबाट त्यो भएन,’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र नेपाली कांग्रेसको समर्थन एवं सहभागितामा नयाँ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको छ। त्यो निर्णय प्रधानमन्त्रीज्यूलाई जानकारी गराएका छौँ।’

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो। प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ।

समर्थन फिर्ता लिए सगै एमालेको तर्फवाट सरकारमा रहेकमा मनत्रीहरुले समेत राजिनामा दिएका छन । राजिनामा दिनु अघि एमालेका मन्त्रीहरु पार्टी अध्यक्ष केपी ओलीसग उनको निवासमा सामुहिक रुपमा भेटेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै