सुरेश अधिकारी प्रतिनिधि सभा सचिव नियुक्त – Nepalboli

सुरेश अधिकारी प्रतिनिधि सभा सचिव नियुक्त

   २०८१ असार १८, मंगलवार  

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ । “राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका २ निवासी अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै