प्रधानमन्त्री प्रचण्डलाई भोली बुधबारसम्म राजीनामा दिन एमालेको आग्रह – Nepalboli

प्रधानमन्त्री प्रचण्डलाई भोली बुधबारसम्म राजीनामा दिन एमालेको आग्रह

   २०८१ असार १८, मंगलवार  

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले भोली बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको हो ।

कांग्रेस र एमालेबिचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए । उनले बैठकले एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कुरालाई समर्थन गरेको बताए ।

बैठकले कांग्रेस र एमालेको बिचमा भएको समझदारीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै