एमाले पार्टी कार्यलय धुम्वाराहीवाट थापाथली सर्दै

नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट सर्ने भएको छ।
यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो।
प्रधानमन्त्री आउने भएपछि अहिले थापाथलीको सुरक्षा व्यवस्थासेत कडा बनाइएको छ। थापाथलीस्थित उपमामार्गमा रहेको प्रस्तावित घरमा पहिले युएन अफिस रहेको थियो।
सञ्जय अग्रवालकोे साढे दुई तलाको घरमा १३ कोठा रहेका छन्। मासिक साढे २ लाख रुपैयाँमा आजै घरभाडा सम्झाैता हुन सक्ने बताइएको छ।