रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने – Nepalboli

रास्वपा नयाँ सरकार गठनमा सहभागी नहुने

   २०८१ असार १८, मंगलवार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ ।रास्वपाको मङ्गलबार बिहान बसेको सचिवालय बैठकले सो निर्णय गरेको नेता सन्तोष परियारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अब बन्ने गठबन्धनमा हामी रहँदैनौं । हामी सरकारमा जाँदैनौं । अर्को सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौं ।” उहाँले अहिले विभिन्न राजनीतिक दलसँग छलफल भइरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारमा छौं । एउटा राजनीतिक संस्कारका हिसाबमा हाम्रो संवाद भइरहेको छ ।” उहाँले पुराना राजनीतिक दलहरु २०४७ को संविधानको अभ्यासबाट पर जान नसकेको आरोप लगाउनुभयो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै