एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु – Nepalboli

एकीकृत समाजवादी महाधिवेशन बन्दसत्र सुरु

   २०८१ असार १७, सोमबार  

नेकपा (एकीकृत समाजवादी) को जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । यहाँस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ ।

पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेजमाथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै